असोज ३ काठमाडौं । १३औं सस्करण ईन्डियन प्रिमियर लिग (आईपिएल) टी२० क्रिकेट प्रतियोगिताका बाँकी खेल पुन: आजबाट सुरु हुँदौ छ । कोरोना महामारीको कारण स्थगित भएको आईपिएल नेपाली समय अनुसार आज साझ ७ः४५ बजेबाट सुरु हुनेछ ।
आधा भन्दा बढि खेल खेल्दा खेल्दै कोरोना बढेको कारणले रोकिएको थियो । करिब ६ महिना पछि पुन युएईमा हुने भएको छ। यो भन्दा अघि कोरानाकै कारणले सबै खेल युएई भएको थियो ।
आज साझ ७ः४५ बाट हुने खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्राई सुपर किङस् र रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सबीच हुनेछ । चेन्राईले आफ्नो ७ खेलमा ५ जित र २ हारका साथ १० अंक बनाउँदै तालिकाको दोस्रो स्थनमा रहेको छ । उता मुम्बईमा आफ्नो ७ खेल मा ४ जित र ३ हारका साथका ८ अंक बनाउँदै चौथौ स्थानमा रहेको छ । त्यस्तै ८ खेलबाट ६ जित र २ हारको साथ १२ अंक बनाउँदै दिल्ली शिर्ष स्थानमा रहेको छ ।


