बिहीबार , कार्तिक २० गते २०८३
images
images

नारायणगढ–मुग्लिन सडकको पहिरो हटाइदै

एक्सप्रेस पाना
भाद्र ५, २०८० मंगलबार
  • 192
    SHARES
  • नारायणगढ–मुग्लिन सडकको पहिरो हटाइदै

    भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच-छ घन्टा लाग्ने भएको छ।

    images

    सोमबार राति करिब ८: ०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो।

    पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए। “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घन्टा लाग्छ सक्छ”, उनले भने।

    images

    रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनका अनुसार चारवटा मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन्। रातभर काम निरन्तर भएको तामाङले बताए।

    गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन्। ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गरेका छन्।

    उनले काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ।