चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा गएराती आएको पहिरोले अवरुद्ध सडक खुलेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार गएराती ८ बजेदेखि दुइतर्फी अवरुद्ध भएको सडक १२:५५ बजेदेखि करिब १७ घण्टापछि खुलेको हो। अहिले सडक दुइतर्फ नै खुलेको डिभिजन कार्यालयले जनाएको छ।
गएराती करिब ८ बजे नाम्सी पुल नजिक खसेको पहिरोका कारण सडक पुर्ण रूपमा अवरुद्ध भएको थियो। यो पहिरो अहिलेसम्मकै सबैभन्दा ठुलो भएको बताइएको छ।
.jpg)


