बिहीबार , कार्तिक २० गते २०८३
images
images

नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालन

एक्सप्रेस पाना
भाद्र ५, २०८० मंगलबार
  • 201
    SHARES
  • नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालन

    मुग्लिन (चितवन), ५ भदौ  : पहिरोका कारण अवरुद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।  

    images

    केहीबरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो।  

    चितवनको ईच्छाकामना ६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको  थियो। पहिरो हटाएसँगैँ सवारी साधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नरायणगढ-मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ। 

    images