एजेन्सी । इटालियन सिरी ए फुटबलमा साविक विजेता इन्टर मिलानले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली इन्टरले पाहुना टोली बोलोग्नालाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टरको जितमा इडिन जेकोले २ गोल गर्दा लाउटारो मार्टिनेज, मिलान स्क्रिनियर, निकोलो बरेला र माटियास भेसिनोले १/१ गोल गरे । बोलोग्नाका अर्थर थेटले १ गोल फर्काए । पहिलो हाफमा ३-० गोलको अग्रता बनाएको मिलानले दोस्रो हाफमा थप ३ गोल गर्दाे १ गोल खाएको थियो ।
उक्त जित सँगै मिलान ४ खेलबाट १० अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । उसले ४ खेलमा ३ जित र १ बराबरी खेलेको छ । त्यस्तै यता पराजित टोली बोलोग्राको भने समान खेलबाट ७ अंकसहित ८औं स्थानमा रहेको छ ।


