शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रिमियर लिग : सहज जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा 

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 506
    SHARES
  • प्रिमियर लिग : सहज जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा 

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदार टोली लिभरपुलले सहज जित निकालेको छ । लिभरपुलले क्रिस्टललाई ३-० गोलले हराएको हो । 

    images

    शनिबार राति लिभरपुलको घरेलु मैदानमा एन्फिल्डमा भएका खेलमा घरेलु टोलीको जितमा साडियो माने, महोम्मद सालाह र नाबी केइटाले १/१ गोल गरे । लिभरपुलको लागि मानेले ४३औं मिनेटमा गोल गर्दै पहिलो हाफभरि १-० गोलको अग्रता बनाएको थियो । 

    त्यस्तै दोस्रो हाफको खेलको ७८औं मिनेटमा सालाह र ८९औं मिनेटमा केइटाले गोल गरेपछि लिभरपुलले ३-० गोलको जित निकालेको हो । 

    images

    उक्त जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । उसले ५ खेलमा १३ अङ्क जोडेको छ । यता पराजित क्रिस्टल भने ५ अङ्कका साथ १३औं स्थानमा छ ।