काठमाडौँ । रेडियो नेपाल सञ्चालक समिति सदस्य तथा गायक सिताराम पोखरेल ‘भोकेसनल अवार्ड’ बाट सम्मानित हुनु भएको छ।
रोटरी क्लब अफ विराटनगरले आफ्नो ४७औँ वार्षिक अवसर पारेर आयोजना गरेको एक भव्य कार्यक्रममा पोखरेललाई उक्त सम्मान प्रदान गरिएको हो।
विगत तीन दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मोडलिङमा सक्रिय पोखरेलले केही अगाडि भारतमा ‘दादा साहेब फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’ बाट सम्मानित हुनुभएको थियो।
गायनमा पोखरेलको तीन दशकभन्दा लामो समयदेखिको योगदानको कदर गर्दै अवार्ड क्लबका डिष्ट्रज गभर्नर राजेन्द्र प्रसाद धौजु र क्लबका अध्यक्ष कमल बस्नेतले प्रदान गर्नुभयो।
गायक पोखरेलका सयौँ गीत बाहिर आएका छन्।
.jpg)


