बिहीबार , कार्तिक २० गते २०८३
images
images

बिहानैदेखि ६ प्रदेशमा वर्षा, दिउँसो यी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

एक्सप्रेस पाना
भाद्र ८, २०८० शुक्रबार
  • 284
    SHARES
  • बिहानैदेखि ६ प्रदेशमा वर्षा, दिउँसो यी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    images

    महाशाखाका अनुसार आज दिउँसो देशभरपूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी  प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    images

    राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ।

    साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तरी भू-भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।