बिहीबार , कार्तिक २० गते २०८३
images
images

पहिरोका कारण धार्चे गाउँपालिकामा ७२ घर उच्च जोखिममा

एक्सप्रेस पाना
भाद्र ८, २०८० शुक्रबार
  • 436
    SHARES
  • पहिरोका कारण धार्चे गाउँपालिकामा ७२ घर उच्च जोखिममा

    गोरखा । जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर १, ३ र ७ का ७२ घरधुरी पहिरोको जोखिममा परेका छन्।

    images

    वडा नम्बर १ दाम्पकचेत पहिरोका कारण ९ घरधुरी उच्च जोखिममा रहेको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो।

    वडा नम्बर १ मा बुढीगण्डकीको कटानले पहिरो ल्याई ९ घरधुरी सहितको बस्ती जोखिममा परेको हो। वडा नम्बर ३ को लक्पाल पहिरोका कारण ३० घरधुरी उच्च जोखिममा रहेका छन्। लक्पाल बस्ती भन्दा माथिको पहिरोले जोखिम ल्याएको हो।

    images

    वडा नम्बर ७ को खानीगाउँ पहिरोका कारण ३३ घरपरिवार पहिरोको उच्च जोखिम रहेका धार्चे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो।

    २०७२ मा आएको भूकम्पले चर्काएको बस्तीमा पहिरोको उच्च जोखिम रहेका ३३ घर परिवार विस्थापित भएका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाण्डौलाई पत्र लेखि पठाएको सुनारले बताउनुभयो।