काठमाडौं । अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ। अभिनेता सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो।
नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औं दिनमा उनको निधन भएको पत्रकार प्रदिप कार्कीले जानकारी दिए । ७५ बर्षिया ताम्राकार मृगौलामा समस्याबाट पीडित थिए।
शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका थिए।
उनको निधनसँगै पुत्र बियोगमा रहेको बेला अस्पताल भर्ना भएका ताम्राकार परिवार थप शोकमा परेको छ। केही महिना अघि उनका छोरा तथा अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका थिए।
उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएको छ।
.jpg)


