बिहीबार , कार्तिक २० गते २०८३
images
images

कोशीका केही स्थानमा बिहानैदेखि वर्षा, कहाँ कस्तो रहला दिनभरको मौसम?

एक्सप्रेस पाना
भाद्र १३, २०८० बुधबार
  • 264
    SHARES
  • कोशीका केही स्थानमा बिहानैदेखि वर्षा, कहाँ कस्तो रहला दिनभरको मौसम?

    हाल मौसमको अवस्था देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका थोरै तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।  

    images

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    images

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।