शुक्रबार, भाद्र २६ गते २०८३
images

विराटले विश्वकप पछि टी–२० को कप्तानी छाड्ने

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 336
    SHARES
  • विराटले विश्वकप पछि टी–२० को कप्तानी छाड्ने

    असोज ३ काठमाण्डौ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० टोलीको कप्तानबाट हट्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक विज्ञप्ति निकाल्दै कोहलीले यस्तो घोषणा गरेका हुन् । 

    images

    आगामी महिना यूएईमा हुने टी-२० विश्व कपपछि टी-२० टिमको कप्तानबाट हट्ने कोहलीले बताएका छन् । कोहलीले ट्विटरमा लेखेका छन्, ‘यो निर्णय लिने अवस्थामा पुग्न सहज थिएन । रवि भाइ र रोहितसँगको लामो कुराकानीपछि टी-२० विश्व कपपछि टी-२० को कप्तानी छाड्ने निर्णय लिएको हुँ ।’