बिहीबार , कार्तिक २० गते २०८३
images
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यासमा २३५ रुपैयाँ वृद्धि

एक्सप्रेस पाना
भाद्र १५, २०८० शुक्रबार
  • 255
    SHARES
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यासमा २३५ रुपैयाँ वृद्धि

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो।

    images

    निगममले आजै रातिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ डिजेल/मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो।

    यस्तै, खानामा पकाउने एलपि ग्यासमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि गरेको जनाएको छ।

    images

    इण्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलमा क्रमश: ३ रुपैयाँ १७ पैसा र २ रुपैयाँ ४८ पैसाले बढेर आएको थियो।

    यस्तै, खाना पकाउने ग्यासको मूल्यमा पनि प्रतिसिलिण्डर १८६ रुपैयाँ ४५ पैसाले वृद्धि भई आएको थियो।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि दर सहित समायोजन गरि कायम गरिएको जनाएको छ।