बिहीबार , कार्तिक २० गते २०८३
images
images

पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

एक्सप्रेस पाना
भाद्र १५, २०८० शुक्रबार
  • 269
    SHARES
  • पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

    गोरखा । पहिरोले गोरखा-आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। गोरखा नगरपालिका-१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो। 

    images

    पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए। सुक्खा पहिरो पन्छाउन समय लाग्ने उहाँले बताउनुभयो। अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ।

    गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए। पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन्।

    images