एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आइतबार रोमाञ्चक ३ खेल हुँदै छन् । जसमा पाँचौँ चरणका अन्तिम खेलहरूमा आज ६ टोली आमने–सामने हुँदै छन् ।
नेपाली समयअनुसार आज राति ६ः४५ बजेबाट सुरु हुने पहिलो खेलमा बलियो टोली म्यानचेस्टर युनाइटेड र वेस्ट ह्यामको सामना गदैछ । उक्त खेल वेस्ट ह्यामको घरेलु मैदानमा हुनेछ । युनाइटेड १० अङ्कसहित तेस्रो स्थानमा छ भने वेस्ट ह्याम आठ अङ्कसहित आठौँ स्थानमा छ ।
त्यस्तै सोही समय ब्राइटन र लेइस्टर सिटीले खेल्ने छन् । ब्राइटनको मैदानमा हुने उक्त खेलमा दुवै एक–अर्कालाई हराउँदै माथि उक्लिने दाउमा छन् । लेइस्टर ६ अङ्कका साथ १२औँ स्थानमा छ भने ब्राइटन नौ अङ्कका साथ छैटौँ स्थानमा छ ।
यता अर्को रोमाञ्चक खेलमा टोटनह्याम हटस्पर र चेल्सीको भिडन्त हुँदै छ । यो खेल नेपाली समयअनुसार बेलुका ९ः१५ बजे टोटनह्यामको घरेलु मैदानमा हुनेछ । टोटनह्याम नौ अङ्कका साथ सातौँ स्थानमा छ भने १० अङ्क भएको चेल्सी चौथो स्थानमा छ ।


