शुक्रबार, भाद्र २६ गते २०८३
images

ओमानविरुद्ध नेपालले पहिला बलिङ गर्ने

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 517
    SHARES
  • ओमानविरुद्ध नेपालले पहिला बलिङ गर्ने

    असोज ३ काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले घरेलु टोली ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

    images

    नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ । अनुभवी ब्याट्सम्यान शरद भेषावकर र आरिफ शेखले आजको खेलमा मौका पाएका छन् । नेपालले कुशल मल्ल र गुलशन झालाई बेन्चमा राखेको छ । 

    यसअघि ओमानसँग पराजित भएको नेपाल बदला लिने योजनासहित मैदान उत्रने छ । पहिलो भेटमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । ओमान भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । 

    images

    लिग २ शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग पराजित नेपाल शुक्रबारसमेत अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । 

    लिग २ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । 

    नेपालको सुरुवाती ११

    ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, शरद भेषावकर, सोमपाल कामी, आरिफ शेख, करण केसी, विनोद भण्डारी(विकेटकिपर), सन्दीप लामिछाने र सुशान भारी ।