शुक्रबार, भाद्र २६ गते २०८३
images

मोफसलका तीन क्लबलाई राष्ट्रिय महिला लिगमा सिधै प्रवेश 

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 722
    SHARES
  • मोफसलका तीन क्लबलाई राष्ट्रिय महिला लिगमा सिधै प्रवेश 

    असोज ३ काठमाडौं । अखिल नेपाल फुटबस संघ (एन्फा)ले आगामी राष्ट्रिय महिला लिगमा मोफसलका तीन क्लबलाई सिधै प्रवेश दिएको छ । 

    images

    एन्फाले यसपटक आयोजना हुने राष्ट्रिय महिला लिग २०७८ का लागि पहिलो संस्करणको मोफसलका तीन क्लबलाई सिधै प्रवेश दिएको हो । 

    एन्फाले आयोजना गर्ने ‘उपमेयर कप २०६८ राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिता’ ४ कात्तिकबाट सुरु हुँदैछ । राष्ट्रिय लिगको मिति भने तय गरिएको छैन । एन्फाले राष्ट्रिय लिगमा यसअघि तीन विभागीय क्लब (त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब, र नेपाल पुलिस क्लब) लाई सिधै प्रवेश गराएको थियो । जहाँ उपमेयर कपबाट चार टोली राष्ट्रिय लिगका लागि छनोट भएका थिए । 

    images

    एन्फाले आयोजना गरेको उपमेयर कपबाट गत सिजन वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डीगढी नगरपालिका उदयपुर राष्ट्रिय लिगमा छनौट भएका हुन् । 

    राष्ट्रिय लिगमा खराब प्रदर्शन गरेको चौदण्डीगढीबाहेक एन्फाले अन्य तीन टोलीलाई यसपटक राष्ट्रिय लिगमा सिधै प्रवेश गराएको हो । प्रतियोगिता नियमावलीको परिच्छेद नम्बर २ को नियम (५) सहभागितामा भनिएको छ । ‘यस प्रतियागितामा अघिल्लो वर्ष ७ माघदेखि ७ फागुनसम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको राष्ट्रिय महिला लिग २०७७ मा सहभागी भएका चार पालिकाहरु वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ र चन्द्रपुर नगरपालिका, रौतहट, २०७८ सालमा आयोजना हुने राष्ट्रिय महिला लिगमा सहभागीता जनाउने भएकाले यस प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।’

    एन्फाको यो नियमवलीसँगै आगामी राष्ट्रिय महिला लिग(२०७८ मा क्लब संख्या ८ हुने भएको छ । यसअघि ७ क्लब थिए । एन्फाले उपमेयर कपमा सहभागी क्लबले अनिवार्य खेलाडीको दुर्घटना बिमा गरेको हुनुपर्ने र कोरोना खोपको पूर्ण डोज लगाएको वा ४८ घन्टा अगाडिको आरटी वा पिसीआर गरेको रिपोर्ट पेस गर्नुपर्ने बताएको छ । 

    यस्तै, एन्फाले प्रतियोगिता तयारी खर्च एक क्लबलाई ५० हजार रूपैयाँ दिने बताएको छ । उपमेयर कपको विजेताले ५ लाख, दोस्रो हुने टोलीले ३ लाख र फेयर प्ले टिमले नगद ५० हजार रुपैयाँ पाउनेछ । 

    यता, विधागततर्फ उत्कष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्दा एक उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ  । प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।