बिहीबार , कार्तिक २० गते २०८३
images
images

 सरकारले जग्गा दिए रंगशाला महानगरले बनाउछ : मेयर शाह

एक्सप्रेस पाना
भाद्र १९, २०८० मंगलबार
  • 257
    SHARES
  •  सरकारले जग्गा दिए रंगशाला महानगरले बनाउछ : मेयर शाह

    काठमाडौँ । श्रीलंकामा भएको नेपाल र भारतको क्रिकेट खेल हेरेपछि काठमाडौँ महानगरका मेयर बालेन शाहले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन्।

    images

    श्रीलंकामा खेल हेर्दाको अनुभव बताउदै बालेनले सो खेल भएको जस्तै स्टेडियम बनाउन जग्गा बाहेक ८०/९० करोड भन्दा बढी खर्च नलाग्ने बताउदै सरकारले काठमाडौँ आसपासमा सय रोपनी जग्गा उपलब्ध गराएमा महानगरले स्टेडियम बनाउने बताएका हुन्।

    उनले भनेका छन्: 

    images

    फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमनको कर्मचारीको प्रश्न थियो, ूयति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् रुू श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए। त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०/५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बिचमा थियो। नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेका थिए । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुग्यो होला। 

    टिभीमा देखिने बिराट, रोहितहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ। उनीहरुको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरुको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो। विश्वकै उत्कृष्ट खेलाडिहरुमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वभाविक पनि थिएन । तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडिहरुको हाउभाउ पुरै रक्षात्मक बनिसकेको थियो। ठीक त्यहि बेला हामीले क्रिकेट जित्यौँ। अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ। 

    गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०/९० करोडमा नै बन्छ सायद। 

    यसैले नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ। यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ। र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडि र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरि सकेको छौ।