शुक्रबार, भाद्र २६ गते २०८३
images

संकटमा ओमान , नेपाललाई सातौं सफलता

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 652
    SHARES
  • संकटमा ओमान , नेपाललाई सातौं सफलता

    असोज ३ काठमाडौं । ओमानमा जारी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा अहिले नेपाल र घरेलु टोली भिडिरहेका छन्।

    images

    टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको नेपालले राम्रो सुरुवात गरेको छ। ओमानले २२ ओभरमा ७ विकेट गुमाएर ६४ रन जोडेको छ। कणन केसी र सन्दीप लामिछानेले ३/३ विकेट र शरद भेषावकरले १ विकेट लिएका छन्। प्रारम्भिक ब्याट्सम्यान जतिन्दर सिंह १३ रनमा आउट भए। उनले नेपालविरुद्धको पहिलो खेलमा एक सय ७ रन जोडेका थिए।

    यसपटक ओमानले १८ रन जोड्दा जतिन्दरलाई कणन केसीले आउट गरे। ओमानले ३० रन जोड्दा कणनले अर्का ओपनर सुफ्यान मेहमुदलाई व्यक्तिगत ४ रनमा आउट गरे। सोही स्थितीमा उनले आयान खानलाई पनि व्यक्तिगत १ रनमा आउट गरेका थिए। सन्दीपले आफ्नो सुरुका २ ओभरमा ३ विकेट लिएका हुन्। १३ औं ओ‌भरमा उनले लगातार २ विकेट लिएका थिए।

    images