शुक्रबार, भाद्र २६ गते २०८३
images

ओमानले नेपाललाई दियो १२२ रनको सामान्य लक्ष्य , सन्दीप र करणले लिए ४/४ विकेट

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 535
    SHARES
  • ओमानले नेपाललाई दियो १२२ रनको सामान्य लक्ष्य , सन्दीप र करणले लिए ४/४ विकेट

    असोज ३ काठमाडौं । ओमानमा जारी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा अहिले नेपाल र घरेलु टोली छन्। जसमा ओमान ३७.१ ओभरमा अलआउट हुँदै १२१ रन बनाएको छ ।

    images

    टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको नेपालले ओमानबाट जितको लागि १२२ रनको विजयी लक्ष्य पाएकाे छ । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ४/४ विकेट लिदा शरद भेषावकरले २ विकेट लिए । नेपालको कसिलो बलिङ सामु आज ओमानका कुनै पनि व्याट्सम्यानले खुलेर ब्याटिङ गर्न सकेनन् ।