एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदार टोली युनाइटेडले पुनरागमन जित निकालेको छ ।
आइतबार राति भएको खेलमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडमाथि २-१ गोलको रोमाञ्चक जित निकालेको हो ।
पाहुना टोली युनाइटेडको जितमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र जेसस लिर्गडले समान १/१ गोल गरे । यता घरेलु टोलीको लागि बेन्रह्माले १ गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । उसका लागि बेन्रह्माले खेलको ३०औं मिनेटमा गोल गरेका थिए । तर उक्त अग्रता धेरै समय टिकाउन सकेन । यता युनाइटेडका लागि रोनाल्डोले खेलको ३५औं मिनेटमा गोल गरि पहिलो हाफभरि खेल १-१ गोलको बराबरी अबस्थामा फर्काए । उक्त गोल सँगै रोनाल्डोले युनाइटेडबाट लगातार तेस्रो खेलमा गोल गरेका छन् ।
त्यस्तै खेलको अन्तिम ८९औं मिनेटमा युनाइटेडका लागि लिर्गडले गोल गरि खेल २-१ गोलले जिताए ।
उक्त जितसँगै युनाइटेडले कुल ५ खेलबाट १३ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएको लिभरपुल गोल अन्तरमा शीर्ष स्थानमा रहेको छ ।
वेस्ट ह्याम ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


