बिहीबार , कार्तिक २० गते २०८३
images
images

व्यास नगर साइनिङ स्टारको उपाधिबाट सदीक्षा राना विजयी

एक्सप्रेस पाना
भाद्र २३, २०८० शनिबार
  • 344
    SHARES
  • व्यास नगर साइनिङ स्टारको  उपाधिबाट सदीक्षा राना विजयी

    तनहुँ । जेसिआई व्यास नगरले आयोजना गरेको ‘व्यास नगर साइनिङ स्टार–२०२३’ को उपाधिबाट सदीक्षा राना विजयी भएकी छिन्।

    images

    गए राति सम्पन्न प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उक्त उपाधि चुमेकी हुन्। उपाधि चुम्न सफल रानाले रू २५ हजार २३ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेकी छिन्।

    आभा श्रेष्ठ फस्ट रनरअप बन्दै रू १५ हजार २३ र सदीक्षा थापामगर सेकेण्ड रनरअप बन्दै रू १० हजार २३ बाट घोषित भएका छन्।

    images

    उक्त प्रतियोगितामा १० वर्षमाथिका र १५ वर्षमुनिका दुई बालकसहित २० बालबालिका सहभागी रहेको जेसिआई व्यास नगरका महासचिव सुनिल श्रेष्ठले जानकारी दिए।

    सामाजिक क्षेत्रमा क्रियाशील बन्दै आएको जेसिआईले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि यस किसिमको प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए। 

    कोरोनापछिको दोस्रो प्रतियोगिता आयोजना गरिएको संस्थाले जनाएको छ। कोरोनाको अवधिमा प्रतियोगिता गर्न नसकिए पनि अहिले सहज परिस्थिति भएकाले निरन्तरता दिन थालिएको श्रेष्ठले बताए। उनका अनुसार नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती र कला संस्कृतिलगायतका क्षेत्रमा जेसिआईले जोड दिँदै आएको छ।

    श्रेष्ठका अनुसार बालबालिकालाई विभिन्न प्रशिक्षकबाट एक महिनासम्म तालिम प्रदान गरी प्रतियोगितामा सहभागी गराइएको हो।

    विजयी प्रतियोगीलाई नगरप्रमुख बैकुण्ठ न्यौपाने, जेसिआई नगरका अध्यक्ष राजु रानालगायतकाले पुरस्कार प्रदान गरेका थिए।

    उत्कृष्ट १० अवार्डबाट विभिन्न व्यक्तिलाई पुरस्कृतसमेत गरिएको छ।