असोज ३ काठमाडौं । ओमानमा जारी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आइतबार भएको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको छ ।
ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य पाएकाे नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकीय इनिङ्स खेले । नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै सहज जित निकालेको हो ।
नेपालका लागि कप्तान मल्लले सर्वाधिक नटआउट ५२ रन , आसिफ शेख ४० रन , कुशल भुर्तेल र रोहित पौडेलले समान ६/६ रन बनाउँदा शरद भेषावकरले नटआउट १ रन बनाए । यता घरेलु टोली ओमानका लागि नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए ।
त्यसअघि ओमानलले ३७.१ ओभरमा अलआउट हुँदै १२१ रन बनाएको छ । टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको नेपालले ओमानबाट जितको लागि १२२ रनको विजयी लक्ष्य पाएकाे छ । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ४/४ विकेट लिदा शरद भेषावकरले २ विकेट लिए । नेपालको कसिलो बलिङ सामु आज ओमानका कुनै पनि व्याट्सम्यानले खुलेर ब्याटिङ गर्न सकेनन् ।


