शुक्रबार, भाद्र २६ गते २०८३
images

ला लिगा : रोमाञ्चक जित निकाल्दै रियल शीर्ष स्थानमा

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 641
    SHARES
  • ला लिगा : रोमाञ्चक जित निकाल्दै रियल शीर्ष स्थानमा

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पूनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    images

    पाहुना टोली रियलको जितमा करिम बेन्जेमा र भिनिसियस जुनियरले समान १/१ गोल गरे । भ्यालेन्सियाका हुगो डुरोको गोल सान्त्वना बन्यो । उक्त तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

    खेलको ६६ औं मिनेटमा हुगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए ।त्यस्तै खेलको अन्तिम २ मिनेटमा २ गोल गर्दै रियलले रोमाञ्चक जित निकाल्यो । रियलका लागि ८६ औं मिनेटमा भिनिसियसले गोल गर्दै खेल बराबरीमा ल्याए । ८८ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई पूनरागमन जित दिलाए ।

    images

    उक्त जितसँगै रियल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । रियलले ५ खेलबाट १३ अंक जोडेर जोडेको छ । यता पराजित भ्यालेन्सियाले १० अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।