बिहीबार , कार्तिक २० गते २०८३
images
images

पहिराले महाकाली राजमार्ग अवरुद्ध

एक्सप्रेस पाना
भाद्र २४, २०८० आइतबार
  • 304
    SHARES
  • पहिराले महाकाली राजमार्ग अवरुद्ध

    बैतडी । अविरल वर्षापछि आएको पहिराले महाकाली राजमार्ग अवरुद्ध भएको छ।

    images

    वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आज ११.३० बजे सडक माथिबाट पहिरा खस्दा राजमार्ग अवरुद्ध बनेको हो।

    राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रुपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

    images

    उनका अनुसार अहिले यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्। पहिरा पन्छाएर राजमार्ग सञ्चालन गर्न जेसिबी पहिरो खसेको स्थानतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ।