सोमबार, कार्तिक १७ गते २०८३
images
images

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
भाद्र २६, २०८० मंगलबार
  • 389
    SHARES
  • तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    आज (मंगलबार) देशभरको मौसम दिनभर सामान्य बदली रहनेछ ।

    images

    दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    images

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

  • सम्बन्धित विषय:

  • # मौसम