काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको असमायिक र अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।
नेम्वाङको हृदयघातका कारण गएराती त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको थियो ।
राष्ट्रपति पौडेलले दुःखको यस घडीमा स्वर्गीय नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, लोकतान्त्रिक गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
.jpg)


