बिहीबार , कार्तिक २० गते २०८३
images
images

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

एक्सप्रेस पाना
भाद्र २६, २०८० मंगलबार
  • 212
    SHARES
  • अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

    मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

    images

    चितवनको  इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो ।

    पहिरो पञ्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका  सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

    images

    पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले बताए ।