बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रिय झण्डा ओढाएर पूर्व राष्ट्रपति भण्डारीले दिइन् नेम्वाङप्रति श्रद्धाञ्जली (तस्बिहरु)

एक्सप्रेस पाना
भाद्र २६, २०८० मंगलबार
  • 304
    SHARES
  • राष्ट्रिय झण्डा ओढाएर पूर्व राष्ट्रपति भण्डारीले दिइन् नेम्वाङप्रति श्रद्धाञ्जली (तस्बिहरु)

    काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन्।

    images

    भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी हुन्।

    केहि बेरअघि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल पुर्याइएपछि अहिले श्रद्धाञ्जली दिनेको भिड लागेको छ।  

    images

    No description available.

    पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन्। 

    No description available.

    त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुगेका छन्। प्रतिनिधिसभामा इलामबाट निर्वाचत सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो।

    No description available.