शुक्रबार, भाद्र २६ गते २०८३
images

पीएसजीको शत प्रतिशत जितमा नेयमार र इकार्डीको गोल 

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 631
    SHARES
  • पीएसजीको शत प्रतिशत जितमा नेयमार र इकार्डीको गोल 

    एजेन्सी । फ्रेन्च लिगा वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शत प्रतिशत जितलाई निरन्तरता दिएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा पेरिसले ओलम्पिक लियोनलाई प्रतिस्पर्धात्मक खेलमा २–१ गोल अन्तरले पराजित गर्दै शत प्रतिशत जितलाई निरन्तरता दिएको हो । 

    images

    लगातार छैठौं जित निकाल्ने क्रममा घरेलु टोली पीएसजीको लागि नेयमार र माउरो इकार्डीले ११ गोल गरे । यता पराजित लियोनको लागि लुकास पाक्वेटाले गोल गरे । खेलमा अग्रता भने पाहुना टोली लियोनले लिएको थियो । दोस्रो हाफको ५४औं मिनेटमा लुकासले सुरुवाती अग्रता दिलाएका थिए । 

    तर खेलको ६६औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए । त्यसपछि खेलको ८२औं मिनेटमा मैदान प्रवेश गरेको माउरो इकार्डीले ९०औं मिनेटपछि थपिएको ३ मिनेटमा गोल गर्दै पेरिसलाई महत्वपूर्ण ३ अंक दिलाए । 

    images

    यसै सिजन क्लबमा अनुबन्धन भएका मेस्सी यस खेलमा समेत गोल बिहिन रहे । सुरुवाती ११ मा खेलेका मेस्सी ७६ मिनेटमा मैदान बाहिरिएका थिए । 

    उक्त जितसँगै पीएसजी शीर्षस्थानमा ५ अंकको अग्रता बनाएको छ । ६ खेलमै जित निकालेको उसको १८ अंक छ । यता पराजित लियोन भने ६ खेलबाट ८ अंकसहित नवौं स्थानमा छ ।