बिहीबार , कार्तिक २० गते २०८३
images
images

गोकर्णमा पितृ तर्पण, सिदा दान र श्राद्ध गर्नेको घुइँचो (तस्बिरहरू)

एक्सप्रेस पाना
भाद्र २८, २०८० बिहीबार
  • 319
    SHARES
  • गोकर्णमा पितृ तर्पण, सिदा दान र श्राद्ध गर्नेको घुइँचो (तस्बिरहरू)

    हिन्दु धर्म–संस्कृतिअनुसार कुशे औंसीलाई गोकर्णे औंसीको रूपमा पनि चिनिन्छ।

    images

    काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको गोकर्ण मन्दिरमा गएर पितृको सम्झनामा तीर्थ श्राद्ध, तर्पण र सिदा दान गर्ने हुनाले यस पर्वको नाम गोकर्णे औंसी पनि रहन गएको हो।

    बुवा हुनेहरूले आफ्ना पितालाई मिष्ठान्न भोजन गराउने, लत्ता–कपडा दिएर यो पर्व मनाउँछन्। बुवा नहुनेहरूले खोला, मठ–मन्दिर या पवित्र ठाउँमा गएर पितृ तर्पण गर्ने, विधिपूर्वक सिदा दान गर्ने परम्परा छ।

    images

    बागमती नदी उत्तरतिर बगेको हुनाले उत्तरगयासमेत भनेर चिनिने गोकर्ण मन्दिरमा बिहानैदेखि मेला लागिरहेको छ।

    जोरपाटीदेखि डेढ किलोमिटर उत्तर, सुन्दरीजल जाने बाटामा पर्ने यस ठाउँ पवित्र धाममध्ये पर्छ।

    बिहानैदेखि यस ठाउँमा श्राद्ध गर्ने, तर्पण दिने र सिदा दान गर्नेहरूको घुइँचो लागेको छ।

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.