बिहीबार , कार्तिक २० गते २०८३
images
images

दाङमा सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र २८, २०८० बिहीबार
  • 476
    SHARES
  • दाङमा सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु

    दाङ । दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ।

    images

    जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए।

    साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए। त्यस्तै साउन र भदौमा छ/छ बालबालिकालाई सर्पले टोकेको थियो।

    images

    सर्पदंशका बिरामी मध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरूष तथा भदौमा एक पुरूषको मृत्यु भएको हो।

    जिल्लामा सर्पदंशको प्रभावकारी उपचार नहुँदा यसरी बिरामीको मृत्यु हुने गरेको छ भने कतिपय बिरामीलाई दाङबाट नेपालगञ्ज वा गोरुसिङ्गे लैजाने गरिएको छ।