शुक्रबार, भाद्र २६ गते २०८३
images

मिलानसँग बराबरीमा रोकिँदा युभेन्टस रेलिगेशन जोनमा 

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 966
    SHARES
  • मिलानसँग बराबरीमा रोकिँदा युभेन्टस रेलिगेशन जोनमा 

    एजेन्सी । इटालियन सिरी ए फुटबमा युभेन्टस एसि मिलानसँग बराबरी खेल्दै अंक बाढेका छन् । आइतबार राति भएको खेलमा युभेन्ट्स र एसि मिलानले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । 

    images

    युभेन्टसको घरेलु मैदान टुरिनस्थितमा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो। खेलको चौथो मिनेटमा अल्भारो मोरटाले गोल गरे । पहिलो हाफमा १–० गोल अन्तरले पछि परेको पाहुना टोली एसि मिलान दोस्रो हाफमा खेलमा फर्कियो । खेलको ७६औं मिनेटमा एन्टे रेबिकको गोलमा एसि मिलानले बराबरी गोल फर्कायो । 

    उक्त बराबरी सँगै सिरी ए मा जित बिहिन रहेको युभेन्ट्स रेलिगेशन जोनमा रहेको छ । ४ खेलमा २ हार र २ बराबर खेलेको युभेन्ट्स २ अंक सहित तालिकाको १८ औं स्थानमा छ । यता एसि मिलान भने समान १० अंक सहित ४ खेलबाट दोस्रो स्थानमा छ । 

    images

    त्यस्तै गएराति नै भएको अर्को खेलमा रोमाको अपराजित यात्रा टुंगिएको छ । भ्रमणकारी टोली रोमा हल्लास भेरोनासँग ३–२ गोल अन्तरले पराजित भयो ।  भेरोनामा भएको खेलमा घरेलु टोलीले रोमाञ्चक जित हासिल गर्यो । खेलमा अग्रता भने रोमाले नै बनाएको थियो । 

    लोरेन्जो पेलेग्रिनीले खेलको ३६औं मिनेटमा गोल गर्दै रोमालाई अग्रता दिलाए । एन्टोनिन बराकले खेलको ४९औं मिनेट र जिअनलुका काप्ररीले गोल गर्दा घरेलु टोली भेरोनाले २–१ को अग्रता बनायो ।  भरोनाका इभान इलिकले आत्माघाति गोल गर्दा खेल २–२ को स्थितिमा पुगेको थियो । ६३औं मिनेटमा डभिड फराओनीले गोल गर्दै रोमाञ्चक ३–२ को जित निकाले । 

    पराजित भएसँगै रोमाले शीर्षस्थान गुमाएको छ । ४ खेलमा पहिलो हार ब्यहोरेको रोमा ९ अंकसहित तेस्रो स्थानमा छ । पहिलो जित हासिल गरेको भेरोना ४ खेलबाट ३ अंक सहित तालिकाको १५ औं स्थानमा छ । गएराति भएको अन्य खेलमा लाजिओ र कागलिअरीले २–२ गोलको बराबरी खेले ।