पूर्वपश्चिम राजमार्गमा बम पड्किएर ठूलो खाडल परेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार शनिवार राति दाङको राप्ती सोनारी गाउँपालिका वडा नं ८ नयाँगाउँ नजिकैको सडकमा बम पड्किएको हो।
उनका अनुसार द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले त्यो खाडल पुरेको छ।
‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ। कुनै क्षति भएको छैन, हामीले अनुसन्धान गर्दा अहिले कसैले बम राखेको देखिएन,’ उनले भनेका छन्।
.jpg)


