बिहीबार , कार्तिक २० गते २०८३
images
images

तीन दिनदेखि टेलिकमका अधिकृत सुवेदी सम्पर्कविहीन

एक्सप्रेस पाना
आश्विन १, २०८० सोमबार
  • 366
    SHARES
  • तीन दिनदेखि टेलिकमका अधिकृत सुवेदी सम्पर्कविहीन

    झापा । नेपाल टेलिकम सुरुङ्गाका प्रमुख दिलीप सुवेदी तीन दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजतलास गरिदिन सबैमा आग्रह गरेका छन्। 

    images

    कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वार्टरबाट छैटौँ तहका अधिकृत रहेका ३१ वर्षीय सुवेदी गत शनिबार (३० भदौ) बिहान करिब ९ बजेदेखि सम्पर्कविहीन भएका उनी श्रीमती ब्रजुना भट्टराई सुवेदीले बताएकी छन्। 

    दिलीपको खोजीकार्य इलाका प्रहरी कार्यालय बिर्तामोडले गरिरहेको भए पनि उनी श्रीमती ब्रजुनाले खोजी गरिदिन सबैमा आग्रह गरेकी हुन्। 

    images

    ब्रजुनाका अनुसार शनिबार बिहान ८ बजेर ४० मिनेटमा फोनमा अन्तिमपटक कुराकानी भएको र त्यसपछि सम्पर्क हुन नसकेको हो। सोही दिन शनिबार मध्यान्ह १२ तिर फोन गर्दा दिलीपको मोबाइल नै स्वीच अफ भएको उनले जानकारी दिइन्। 

    मोरङको विराटनगर महानरपालिका–४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वार्टरमा बस्दै आएका थिए।