बिहीबार , कार्तिक २० गते २०८३
images
images

विद्यालय बन्द गर्ने शिक्षकलाई महानगरले कारबाही गर्ने

एक्सप्रेस पाना
आश्विन ३, २०८० बुधबार
  • 264
    SHARES
  • विद्यालय बन्द गर्ने शिक्षकलाई महानगरले कारबाही गर्ने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय गरेको छ।

    images

    प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरूले विद्यालय बन्द घोषणा गरेका छन्। तर, महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको छ।

    विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने महानगरको निर्णय छ। शिक्षकले तोकिएको आचारण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने महानगरले जनाएको छ।

    images