बिहीबार , कार्तिक २० गते २०८३
images
images

सशस्त्रले गर्यो रातको २ बजे बाग्मती नदिबाट एक ब्यक्तिको उद्धार

एक्सप्रेस पाना
आश्विन ४, २०८० बिहीबार
  • 286
    SHARES
  • सशस्त्रले गर्यो रातको २ बजे बाग्मती नदिबाट एक ब्यक्तिको उद्धार

    सशस्त्र प्रहरी बल नेपालले असोज ३ गते राती २ बजे बाग्मती नदिबाट एक ब्यक्तिको  सकुशल उद्धार गरेको छ। काठमाडौको दक्षिणकाली नगरपालिका-८ कटुवाल दहस्थित बाग्मती नदि किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० बर्षका रामबहादुर लामाको उद्धार गरिएको हो।

    images

    पानीको बहाव कम भएको बेला नदि पारी गएका लामा बहाव बढेसंगै वारि आउन नसकी नदि किनारको पहरामा फसेका थिए। सो बारे खबर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङ्गको कमाण्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोस केसीको कमाण्डमा गएको १५ जना सहितको सुरक्षा फौजले रातको समयमा उनको सकुसल उद्धार गरेको हो।

    मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य बिधिको प्रयोग गरि उद्धार गरेपश्चात लामालाई आफन्तको जिम्मा लगाइएको छ।

    images