बिहीबार , कार्तिक २० गते २०८३
images
images

फेरि ३४ पानाको राहदानी वितरण

एक्सप्रेस पाना
आश्विन ५, २०८० शुक्रबार
  • 287
    SHARES
  • फेरि ३४ पानाको राहदानी वितरण

    राहदानी विभागले फेरि ३४ पानाको राहदानी वितरण गर्ने भएको छ। अर्को सातादेखि ३४ पानाको राहदानी वितरण हुने जानकारी विभागले दिएको छ। 

    images

    विभागका प्रवक्ता कुमार राईका अनुसार ३४ पानाको राहदानीका लागि असोज १ देखि आवेदन खुला गरिएको छ। अब भरिएको आवेदन अनुसार अर्को साता इनरोलमेन्टका लागि मिति प्राप्त गरेकाले पहिलेकै शुल्क १२ हजार रुपियाँमा द्रुत सेवामार्फत राहदानी पाउने राईले बताए।

    पुरानै कम्पनीसँग विभागले गरेको सम्झौता अनुसार अर्को साता २८ लाख प्रति राहदानी नेपाल आइपुग्ने भएको छ। ३४ पानाको राहदानीको मौज्दात सकिएपछि गत असार ३ देखि विभागले ६६ पानाको राहदानी ३४ पानाकै शुल्कमा वितरण थालेको थियो। तत्कालको अभाव पूर्तिका लागि धेरै मौज्दात रहेको ६६ पानाको राहदानी ३४ पानाकै शुल्कमा वितरण गरिएको थियो।

    images

    यो सातासम्ममा ६६ पानाको राहदानीको मौज्दात सकिने अनुमान विभागले गरेको छ। सामान्य ३४ पानाको राहदानीको वितरण हुने भएकाले सो विकल्प अनुसार नयाँ राहदानीका लागि अनलाइन आवेदन गर्नका लागि विभागले अनुरोध गरेको छ, गोरखापत्रमा खबर छ।