एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले टोटेनहममाथि सानदार जित निकालेको छ । आइतबार राति टोटनहमको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टोली चेल्सीसँग ३-० गोलले पराजित भएको हो ।
पाहुना टोली चेल्सीको जितमा थियागो सिल्भा, एन्गोलो कान्टे र एन्टोनियो रुडीगेरले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफ शुरु हुनासाथ ४९औं मिनेटमा सिल्भाको गोलमा चेल्सीले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ५७औ मिनेटमा कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर गरेका थिए । त्यसपछि खेलको ९२औ मिनेटमा रुडीगेरले तेस्रो गोल गरेका थिए ।
उक्त जितसँगै चेल्सी ५ खेलमा चौथो जित निकाल्दै १३ अंकसहित तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । १३ अंक नै रहेको लिभरपुल दोस्रो र म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा रहेको छ ।
यताटोटनहमको ५ खेलमा यो दोस्रो हार हो । यस सिजनमा सुरुवातका लगातार तीन खेल जितेर उत्कृष्ट सुरुवात गरेको टोटनहमले पछिल्ला दुई खेलमा लगातार हार बेहोरेको छ । टोटनहमको ५ खेलमा ९ अंक रहेको छ ।


