असोज ४ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी२० क्रिकेट प्रतियोगितामा आज कोलकता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । उक्त खेल युएईको शेख जायद स्टेडियममा हुनेछ ।
प्रतियोगितामा ७ खेल खेलीसकेको कोलकाताले ४ अङ्क जोड्दै अङ्क तालिकाको सातौं स्थानमा रहेको छ । यतम समान ७ खेल खेलेका १० अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । आजको खेलमा बैंगलोर अङ्क तालिकामा सुधार ल्याउन चाहान्छ भने कोलकता पनि जितको खोजीमा रहनेछ ।त्यस्तै हिजो भएको खेलमा चेन्नाईले मुम्बईमाथि २० रनको रोमाञ्चक जित निकालेको थियो ।


