काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनचाँदीकै मूल्य स्थिर कायम रहेको जानकारी दिएको छ।
महासंघले सोमबारको मूल्यसूची तय गर्दै आइतबारकै मूल्यमा कारोबार भइरहेको जनाएको हो।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो। सोमबार पनि यही मूल्यमा कारोबार भएको हो।
शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य १०० रुपैयाँले बढेको थियो । यसबाहेक सोमबार चाँदीको मूल्य समेत स्थिर कायम रहेर कारोबारमा आएको छ।
यससँगै, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ छ। आइतबार चाँदीको मूल्य ५ रुपैयाँ बढेको थियो।
.jpg)


