सरकारसँग भएको दुईबुँदे निर्णयप्रति असहमति जनाउँदै स्वास्थ्यकर्मीहरू आज पनि सडकमा उत्रिएका छन्।
पछिल्लो समय हेटौँडा र पोखरामा चिकित्सक कुटिएको र त्यसको विरोधमा उत्रेका आन्दोलनरत स्वास्थ्यकर्मीहरूसँग सरकारले मंगलबार गृह मन्त्रालयमा २ बुँदे निर्णय गरेको थियो।
यद्यपि, उक्त निर्णयले मात्र आफूहरू नमान्ने भन्दै स्वास्थ्यकर्मीहरू निरन्तर आन्दोलनमा रहेका हुन्। उनीहरू आज पनि माइतीघर मण्डलामा जम्मा भएर बानेश्वर क्षेत्रमा पुगी कोणसभा गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले स्वास्थ्यकर्मी कुट्न पाइँदैन, शान्ति सुरक्षा कायम गर् लगायतका नारा लगाएका थिए।
केही तस्वीर झलक:








.jpg)


