बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

एक्सप्रेस पाना
आश्विन १२, २०८० शुक्रबार
  • 254
    SHARES
  • आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

    images

    अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा सामान्यतया मौसम सफा रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

    images

    देशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक वा दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी र मधेस प्रदेशसहित देशका पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।