शुक्रबार, भाद्र २६ गते २०८३
images

बार्सिलोना र ग्रानडा भिड्दै 

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 281
    SHARES
  • बार्सिलोना र ग्रानडा भिड्दै 

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज राति बार्सिलोनाले ग्रानडाको सामना गर्दैछ । 

    images

    मंगलबार राति हुने उकत खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । 

    घरेलु मैदानमा बार्सिलोना तेस्रो जितको खोजीमा हुनेछ । बार्सिलोनाले ३ खेल खेल्दा २ जित र १ हार ब्यहोरेको छ । खराब सुरुवात गरेको बार्सिलोना ७ अंकसहित तालिकाको १०औं स्थानमा छ । यता, भ्रमणकारी टोली ग्रानडा भने पहिलो जितको खोजीमा छ । ४ खेलमा ग्रानडाले हालसम्म जित निकाल्न सकेको छैन । दुई बराबर र दुई खेलमा हार ब्यहोरेको ग्रानडा २ अंकसहित १७औं स्थानमा छ । 

    images

    ग्रानडा बार्सिलोनालाई पराजित गर्दै कम्तिमा १४औं स्थानमा उक्लन चाहन्छ । यता, बार्सिलोना समेत घरेलु मैदानमा सहज जितसहित पाचौं स्थानमा उक्लने दाउमा छ । ग्रानडाविरुद्ध बार्सिलोनालाई मेम्फिस डेपाए, लुक डे जङ, फिलिप कौटिन्हो जस्ता खेलाडीको अग्रपंक्तिमा साथ रहनेछ । 

    ला लिगामा ५ खेल खेलिसक्दा अपराजित रहेको रियल मड्रिड १३ अंकसहित शीर्षस्थानमा रहेको छ ।