बिहीबार , कार्तिक २० गते २०८३
images
images

सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति

एक्सप्रेस पाना
आश्विन १२, २०८० शुक्रबार
  • 454
    SHARES
  • सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति

    काठमाडौं । सरकार र आन्दोलनरत राहत शिक्षकहरुबीच सहमति भएको छ। शिक्षा मन्त्रालयमा शुक्रबार भएको वार्तामा आन्दोलनरत शिक्षकसँग पाँच बुँदे सहमति भएको हो। 

    images

    शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति गरिएको र शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने तथा अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमति भएको छ।

    शिक्षामन्त्री अशोक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी तथा आन्दोलनरत राहत शिक्षकका प्रतिनिधिहरुमा नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए।

    images

    सरकारसँग सहमति भएसँगै आन्दोलनको कार्यक्रम स्थगित भएको छ। संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका थिए। सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा केन्द्रीत भएर गत बुधबारदेखि आन्दोलनमा उत्रेका थिए। गत शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएपनि सो सहमतिमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राखेका थिए।