काठमाडौँ । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ।
यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ। नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको जनाइएको छ।
केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालन रहने कम्पनीको भनाइ छ। असोज १९ गतेदेखि भने केबलकारको नियमित सेवा सुरु हुने जनाइएको छ।
.jpg)


