एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले ग्रानडासँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा घरेलु मैदानमा बार्सिलोना पाहुना टोली ग्रानडासँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु टोलीका लागि रोनाल्ड अरौजोले गोल गरे भने ग्रानडाका डोमिन्गोस डर्टले एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने पाहुना टोली ग्रानडाले बनाएको थियो । ग्रानडाको लागि खेलको दोस्रो मिनेटमा डर्टले गोल गर्दै ग्रानडलाई अग्रता दिलाएका थिए ।
खेलमा १-० गोलले पछि परेको घरेलु टोलीको लागि खेलको ९०औं मिनेटमा अरौजोले गोल गर्दै बार्सिलोनालाई बराबरीमा फर्काए ।
उक्त बराबरीसँगै बार्सिलोनाले ४ खेलमा ८ अंक जोडेर अंक तालिकाको सातौँ स्थानमा छ । यता ग्रानडा भने ३ अंकका साथ १७औं स्थानमा छ ।


