काठमाडौं । काठमाडौंको गौशालास्थित पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनमाथि सोमबार आक्रमण गरिएको छ।
उनीमाथि बाराका नवल सहनीले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ। घाइते हुसेनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा पुर्याइएको छ भने घटनास्थलबाट पेस्तोल र चक्कु बरामद भएको प्रहरीले जनाएको छ।
हुसेनको खुट्टामा चोट लागेको र उनीमाथि गोली प्रहार गरिएको प्रहरीले आशंका गरको छ। घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
.jpg)


