बिहीबार , कार्तिक २० गते २०८३
images
images

२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आराेपमा एक जना पक्राउ

एक्सप्रेस पाना
आश्विन १५, २०८० सोमबार
  • 372
    SHARES
  • २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आराेपमा एक जना पक्राउ

    प्युठान । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा, रोल्पा नगरपालिका-३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    images

    विकले ती महिलालाई गत भदौ १४ गते दिउँसो स्वर्गद्वारी नगरपालिका-४ भिंगृ बजारस्थित ए वन रेष्टुरेण्टमा खाजा खान लगि जबरजस्ती करणी गरेको र सोही कारण बस्न गएको गर्भ फाल्नुपर्छ भन्दै ललाई फकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।