शुक्रबार, भाद्र २६ गते २०८३
images

बैंगलोरमाथि कोलकताको सानदार जित

एक्सप्रेस पाना
आश्विन ५, २०७८ मंगलबार
  • 307
    SHARES
  • बैंगलोरमाथि कोलकताको सानदार जित

    असोज ५ काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि सानदार जित निकालेको छ ।

    images

    सोमबार भएको खेलमा कोलकाताले बैंगलोरलाई ९ विकेटले पराजित गरेको हो ।

    बैंगलोरले दिएको ९३ रनको विजयी लक्ष्य कोलकाताले १० ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गरेको थियो । कोलकाताको जितमा सुबमन गिलले ४८ रन बनाए भने भेन्काटेस आयर ४१ रनमा अविजित रहे । यता बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

    images

    त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको बैंगलोरले १९ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको थियो । बैंगलोरका लागि देवदत्त पाडिक्कलले सर्वाधिक धेरै २२ रन बनाए भने स्रिकार भारतले १६ तथा हर्षल पटेलले १२ रन जोड्दा ग्लेन म्याक्सवेलले १० रन जोडे । कप्तान विराट कोहली ५ रनमै आउट भए ।  

    बलिङतर्फ वरुण चक्रवर्ती र आन्द्रे रसेलले ३/३ विकेट झार्दा लकी फर्गुसनले २विकेट झारे । उक्त जितसँगै कोलकाता पाँचौं स्थानमा उक्लिएको छ । उसले ८ खेलमा ६ अंक जोडेको छ । बैंगलोर भने १० अंकका साथ तेस्रो स्थानमा छ ।